www.tandavnews.com
Fact ~ In search of truth

सौन्दर्यकला आधारभूत तालिम सम्पन्न

पोखरा ।

पोखरा महानरपालिका वडा १० को सायोजनामा सौन्दर्यकला आधारभुत तालिम एक कार्यक्रमका बिच सम्पन्न भएको छ । महिलाको नेतृत्व विकास गर्दै आत्मनिर्भर बनाउने लक्ष्यका साथ तिन महिने आधारभुत तालिमको आयोजना गरिएको हो ।

तालिमको समापन समारोहमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले तालिम दिए पनि कत्तिको सम्भावना छ छैन भनी दिदा खेर जाने गरेको तर वडा १० मा आशा र रहर लाग्दो उमेर समुहलाइ तालिम दिएको बताइन ।

Batas

उमेरले नेटो काटेपछीको महिलाहरुलाइ तालिम दिने प्रवृत्तिको अन्त्य गर्दै युवाहरुको सहभागिताले उत्साह जागेको र सीप नै जिवनको आधारभुत मानेर आएर सीप सिके पछि त्यस्लाइ पुर्णता दिन आग्रह गरिन ।

सिपलाइ बेचेर खाछु भन्ने लक्ष्य लिएर हिड्नुपर्छ यस्का साथै योग्यता र क्षमता समेत संगै लैजानुपर्छ  गुरुङले बताइन । पहिले र अहिले दिनचर्यामा समेत फरक हुने गरेको बताउदै तालिमबाट सिकेको सिपको भरपुर उपयोग गर्न आग्रह समेत गरिन ।

महिलाको क्षमता विकास भए मात्र महिला आत्मनिर्भर हुने बताउदै त्यस्का लागि सीप मुलक तालिमको आयोजना सरानिय कार्य रहेको धारणा व्यक्त गरिन । सिकेको कुरालाइ व्यवहारमा लागु गर्दै मौका र अवसरको सदुपयोग गरि हिडे सफलता मिल्ने बताउदै आवस्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन । त्यस्तै वडा १० का वडा अध्यक्ष राजकुमार गुरुङले तालिम दिनुको उदेश्य जिउने आधारहरु को शुरूवात मात्र रहेको बताए ।

नितान्त वडामा गरेको अन्य इच्छा हुनेलाइ समेत वडाले तालिम दिइएको र महिला नेतृत्व विकास गर्नको लागि व्यवस्था गरिएको उनले बताए । तालिमलाइ तालिममा मात्र सिमित नराखी व्यवहारमा समेत उतार्न सके मात्र उदेश्य पुराहुने उनले बताए । महिलालाइ आत्मनिर्भर बनाउन वडाको तर्फबाट एडभान्स तालिम दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यस्तै प्रशिक्षार्थी सरिता कडेलले वडा १० आयोजनामा भएको तालिम अवधिभर सौन्दर्य कला भनेको नारीहरुको भित्री मन सुन्दरता पार्ने कला समेत रहेकी भन्ने कुरालाइ स्पष्ट रुपमा बुझ्ने अवसर मिलेको बताइन् ।

वडाको सहयोगमा काम मात्र नसिकि तराइ क्षेत्रमा गएको बाढी पिडितलाइ समेत आफ्नो क्षमता अनुसार सेवा गर्ने मौका पाएको बताइन । तीन महिनाले मात्र नपुग्ने आझ एड्भान्स कोर्षको व्यवस्था गरिदिन आग्रह समेत गरिन् ।

निशा मल्ल ठकुरिको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य दिपक बहादुर थापा, प्रशिक्षार्थी शान्ता गौतम , प्रशिक्षक बबिता कार्की लगायतले आफ्नो धारणा राखेका थिए । तीन महिने उक्त तालिममा १६ वर्ष देखि ३५ वर्षसम्मका ३५ जना महिलाको सहभागिता रहेको सामाजिक अभियन्ता निर्मला कार्की भण्डारीले बताइन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.