www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा बस दुर्घटना, बाह्र घाइते

चितवन ।

चितवनमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौँतर्फ जादैँ गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ गइरहेको ना५ख ६६४७ नंको बसले आज बिहान ५ः४० बजे भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १२ यात्रु घाइते भएका हुन् ।

उक्त बसमा २९ यात्रु सवार रहेका थिए । नेपालगञ्जको बसमा सवार यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.