www.tandavnews.com
Fact ~ In search of truth
Muglan REstaurent & bar

हेल्लो मुख्यमन्त्री ज्यू, ‘डेंगुको नियन्त्रण गर्न आ’को टोली पानी पोखेर गयो’

असोज १,पोखरा ।
डेंगु रोगको संक्रमण अहिले भयवह रुपमा फैलिदो छ । रोगकै कारण जनता त्रसित छन् भने सरकारले यसलाई नियन्त्रणका लागि पहल गरिरहेको बताएको छ । गण्डकी प्रदेशमा करिब १५ सयको हराहारीमा संक्रमित भएको अनुमान छ, यो क्रम बढ्दो छ । यसरी डेंगु रोग फैलिदै गर्दा यसको नियन्त्रणमा खटिएका कर्मचारीहरुले भने लपारवाही गरेको गुनासो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष पुगेको छ । प्रदेश सरकारले सञ्चालन गरेको हेलो मुख्यमन्त्री कार्यक्रममा पोखराका गोविन्द रिजालले गुनासो गर्दै दिनदिनै फैलिरहेको रोग नियन्त्रणका लागि आएको अनुगमन टोलीले आफ्नो घरमा गरेको व्यवहारको बारेमा गुनासो गरेका थिए । उनले गत शनिबार आफ्नो घरमा आएको टोलीले बाल्टीको पानी खन्याएको तर न्यूनीकरण र बच्ने उपायबारे केही सल्लाह सुझाव नै नदिएको बताए । ‘तपाईको घरमा लर्भा भेटियो भन्दै बाल्टीको पानी खन्याए’ उनले भने ‘तर न्यूनीकरण र यसबाट बच्ने उपायको बारेमा केही नभनी गए ।’

पोखरा महानगरपालिकाको वडा न. १७ घारीपाटनमा खटिएको टोलीले गत शनिबार यस्तो व्यवहार गरेको रिजालको भनाई थियो । उनले प्रदेशले रोग नियन्त्रणका लागि छुट्याएको बजेटका प्रभावकारी कार्यन्वयन नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण समेत गराए । जवाफमा मुख्यमन्त्री गुरुङले डेंगु रोग विरुद्ध प्रदेश सरकार गंम्भीर रहेको बतााए । उनले सम्वन्धित मन्त्री र सचिवलाई डेंगु विरुद्धको काम थप प्रभावकारी बनाउन २ दिन अघि मात्र निर्देशन दिएको जानकारी गराउदै पोखरामा उपत्यका थप कार्यक्रम आउने बताए । पोखराका प्रत्येक टोल विकास सस्था र विभिन्न आमा समुह तथा क्लबहरुलाई पनि डेंगु विरुद्ध परिचालन गर्ने योजनामा प्रदेश सरकार रहेको बताए । प्रदेश सरकारले यसअघि नै डेंगु नियन्त्रणका लागि भन्दै २१ लाख रुपैया प्रदेश स्वास्थ्य निर्देशालयलाई उपलब्ध गराइसकेको छ । सोही अनुसार हाल मनाङ, मुस्ताङ र कास्की बाहेकको जिल्ला टोली परिचालन गरिएको छ । कास्कीमा भने निर्देशालयले माइकिङ गर्ने र वडा वडामा टोली खटाएर खोज र नष्ट गर अभियान चलाइरहेको बताएको छ । तर डेंगु रोगबाट संक्रमण हुनेको सख्या घट्नुको सट्टा बढ्न थालेपछि यसको प्रभावकारितामाथि प्रश्न उठिरहेको छ ।

Lama collectio News Middle

मगलबारै कार्यक्रममा तनहु“ देवघाटका शिव अधिकारीले गुनासो गर्दै गाउपालिकाले कर संकलन गर्न नसकेको विषयमा गुनासो गरे । देवघाट गाउपालिकाले व्यापारमा लगाएको कर व्यापारीले नतिरेको र गाउपालिकाले यसमा चासो नदेखाएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । जवाफमा मुख्यमन्त्री गुरुङले आफुले गाउपालिका अध्यक्ष दुर्गा बहादुर थापासंग यसबारेमा जानकारी लिने र राजश्व उठाउने कामलाई कमी हुन नदिने बताए । यसैगरि स्याङजा भीरकोटबाट मोहोन गुरुङले ५० लाख सम्मको विकास योजना उपभोक्ता समितिमार्फत गराउने नियम संसोधन नगर्न सुझाव दिए । जवाफमा मुख्यमन्त्रीले नियम संसोधन नगर्ने तर प्रभावकारी अनुगमनको तयारी सरकारले गरिरहेको बताएका थिए । मंगलबार अन्य गुनासोकर्ताले तनहु“को व्यास सडक खण्ड मर्मत, रुपाताल जग्गामा लालपुर्जा नभएकाहरुको मुआब्जा विषयमा समास्या रहेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Bajaj skip