www.tandavnews.com
Fact ~ In search of truth

विरोधलाई अन्यथा लिनुहुदैँनः नेकपा नेता श्रेष्ठ

भरतपुर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन् ।

आज भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहजरुपमा लिनुपर्ने बताए । “कसैले गर्ने विरोधलाई हामीले अन्यथा लिनु हुँदैन, नेता श्रेष्ठले भने”, “यसलाई स्वभाविक रुपमा नै लिनुपर्छ ।”

उनले विरोधका नाममा अराजक गतिविधि गर्नेलाई छाड्न नहुने बताए । “कतिपय कुरा ठीक हुन्छन्, कतिपय कुरा बेठीक हुन्छन्, उनले भने”, “हामीले ध्यान दिनुपर्ने कुरा ठीकै रहेछ भनेर लिने र बेठीक कुराहरु यो बेठीक हो भनेर जनतामा जानुपर्छ ।”

नेता श्रेष्ठले सरकारको कामको गति पहिलेभन्दा झन बढ्ने चरणमा रहेको बताउँदै पार्टीका तर्फबाट पनि सरकारको काम कारवाहीलाई निगरानी गरिएको जानकारी दिए । एकताले पूर्णता पाएको भन्दै उहाँले पार्टीका गतिविधि अब चलायमान हुने दाबी गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.