
पोखरा,
ताण्डव न्युज ।
नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा पोखरामा सेभेन ए साइड मिडिया कप आयोजना हुने भएको छ ।
सेभेन ए साइड फुटबल महासघले असोज ९ देखि १२ गतेसम्म हुने प्रतियोगिताको बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।कार्यक्रममा महासंघका अध्यक्ष नविन पुनले प्रतियोगिताका बारेमा जानकारी दिंदै पछिल्लो समयमा खेलकुद श्रेत्रमा पत्रकारहरुको कृयाशिल भुमिका देखिएको हुनाले मिडिया कपको आयोजना गर्न लागेको बताए ।
पोखरामा काम गर्ने पत्रकार बिच भाइचारा बढाउन प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेल्ने नेपाल पत्रकार महासघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए ।
झन्डै ३ दिनसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने पनि जानकारी दिए । द्वितिय हुने समुहले नगद २५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार सहित ट्रफिले पुरस्कृत गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको फाइनल खेल अगाडी पोखराका कार्यरत सञ्चारकर्मी महिला तथा पोखरा उद्योग बाणिज्य संघका महिला उद्यमीविच मैत्रिपूर्ण फुटबल खेलाइने छ ।प्रतियोगितामा दर्ता शुल्क २५ सय रहेको छ । सहभागि टिमले आ–आफ्नों पोशाकको व्यवस्था गर्नुपर्नेछ । एउटै सञ्चारगृहबाट टिम पुग्न नसक्ने हुँदा बढिमा ४ वटा सञ्चारगृहहरु मिलेर संयुक्त टिम बनाउनु पर्ने आयोजकले जानकारी दिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.