www.tandavnews.com
Fact ~ In search of truth

संविधान दिवसको अवसरमा प्रदेश सरकारद्धारा भलिबल प्रतियोगिता

पोखरा ।

संविधान दिवस २०७६ को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजनामा भलिबल प्रतियोगिता शुरु भएको छ ।

प्रदेश प्रहरी कार्यालय पोखराको संयोजनमा आजदेखि मैत्रीपूर्ण भलिबल प्रतियोगिता शुरु भएको हो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले प्रमुख रेफ्रीलाई बल हस्तान्तरण गरि खेलको उद्घाटन भएको थियो ।

प्रतियोगितामा ५ टिम सहभागि रहेका छन् । आज भएको खेलमा राष्ट्र सेवक कर्मचारी तथा पश्चिमाञ्चल खेलकुद विकास समितिको टिम फाईनलमा पुगेको छ । फाईनल खेल भोलि बिहान ८ बजे गण्डकी प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय ड्यामसाईड पोखराको खेल मैदानमा हुनेछ ।

सँविधान दिवशलाई थप रचनात्मक एवम् प्रभावकारी ढंगले मनाउने उदेश्यले विविध कार्यक्रमहरुसंगै उक्त प्रतियोगिताको समेत आयोजना गरिएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.