www.tandavnews.com
Fact ~ In search of truth

ड्याट्सनको नयाँ गाडी गण्डकी धौलागिरीमा आधिकारिक विक्री

पोखरा ।

 

पोखरामा रहेको एस.एस.एल मोटर्स प्राइभेट लिमिटेडले नेपालका लागि ड्याट्सन ब्राण्डको गाडी गण्डकी धौलागिरी क्षेत्रमा आधिकारिक विक्री सुरु गरेको छ ।बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य २५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

अहिले ड्याट्सन गाडी ३ मोडलमा बिक्री भइरहेकोे छ ।GO A (0), GO (T) / GO (O) सीसीका ड्याट्सन गाडी रहेको पोखराका लागि सेल्स म्यानेजर कृष्ण तिमिल्सिनाले जानकारी दिए ।
ड्याट्सन गाडी नेपालको भौगोलिक बनावटमा सुहाउने खालको रहेको छ ।

Batas

मध्यम वर्गलाई लक्षित गरी तयार पारिएका यी गाडी स्टायलिस्ट ड्राइभिङ र आरामदायी रहेको तिमिल्सिनाले बताए । उनका अनुसार यस गाडीले नयाँयुगको लागि जापानीज प्रविधियुक्त इन्जिन, इन्जिन किफायती, बस्नको लागि सफिसेन्ट स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको छ ।

‘गाडीमा Ride Control Advanced  Suspension System तथा 1.2 सिएचआर 12 डिएफ पेट्रोल इन्जिन रहेकोे छ । जसले प्रतिलिटर १९.८६ किलोमिटर माइलेज प्रदान गर्दछ,’ उनले भने, ‘बाहिर हेर्दा स्पोर्टी तथा भित्र बस्नका लागि धेरै स्पेस भएको ड्याट्सन कारले कारधनीलाई अतिरिक्त सुरक्षा, बेस्टइन क्लास स्पेस तथा गतिशीलता प्रदान गर्छ ।’

उनका अनुसार नयाँ ड्याट्सन गो मा २८ विभिन्न विशेषता तथा १००प्लस अपडेट रहेका छन् । फस्टइन सेगमेन्टमा एन्ड्रोइड अटोप्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो, १४ इन्चको डाइमन्ड कट अल्लोइ ह्विल, डुअल एयरब्याग, एबिएस तथा इबिडी पार्किङ सेन्सर, १८० एमएम को ग्राउण्ड क्लियरेन्स, २४५० एमएम को ह्विलबेस, २६५ लिटरको बुथस्पेस, ४.६एमएम को टर्निङ रेडियस, १.२ लिटरको ३ सिलिण्डर पेट्रोल इन्जिन छ, जसको ६८ एचपी पावर र १०४ एनएम टर्क जेनेट गर्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.