www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे गाउँपालिका कार्यालय तोडफोड आरोपमा पक्राउ परेका वडा अध्यक्ष रिहा

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्ष रिहाई भएका छन् । पक्राउ परेका वडाअध्यक्ष बीरेन्द्र गुरुङ र स्थानीय युवा बिपुल शर्मालाई कास्की प्रहरीले आज बिना सर्त रिहा गरेको हो ।

गत महिना भदौ २५ गते बुधबार उनीहरु सहितको केहि टोलीले गाउँपालिकाको बैठक कक्षमा रहेको सामाग्रीहरु तोडफोड गरेको आरोपमा उजुरी परेपछि कास्की प्रहरीले उनीहरुलाई भदौ ३१ गते मंङगलबार पक्राउ गरेको थियो । उनीहरु विरुद्ध गाउँपालिकाकी उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले उजुरी दिएकी थिईन् ।

गाउँपालिका उपप्रमुख कृष्णकुमारीको अनुसार बैठक बसिरहेको खुसीमान गुरुङको नेतृत्वमा उपप्रमुखलाई भेट्न उनीहरु गएका थिए । बैठक बसिरहेकाले भेट्न आधा घण्टा लाग्ने सुचना दिएपछि उनीहरुले भेट्न समय नदिएको भन्दै बैठक हलको कुर्ची सबै ध्वस्त हुनेगरि तोडफोड गरेको उनले बताएकी थिइन् ।

कांग्रेसका नेताहरुले भने गाउँपालिकाले गरेका निर्णयहरु सार्वजनिक गर्न माग गरेको र गाउँपालिकाले बेवास्ता गरेकोले यस्तो परिणाम आएको बताएका थिए ।गाउँपालिकाले गर्ने निर्णय थाहा नहुने र निर्णय चाहियो भन्दा धेरै पटक आलटाल गरेपछि यूवाहरु आक्रोशित भएका हुन् ।

वडा अध्यक्ष गुरुङ कांग्रेसबाट उमेद्वार भएर वडा नं. १ बाट निर्वाचित भएका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.