www.tandavnews.com
Fact ~ In search of truth

दशैँमा मालवाहक गाडी राति चल्ने

धादिङ ।

दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबेँसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो ।

सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए । त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडक खण्ड १२ किलोमिटरलाई ग्यास बुलेट, लामा भारी सामान बोकेका गाडी र टिप्परलाई राति नौ बजेपछि मात्र खानीखोलाबाट काठमाडाँै जान दिने योजना बनाइएको छ ।

उक्त सडकमा एक हजारभन्दा बढी टिप्पर सञ्चालन हुँदै आएका छन् । जाम कम गराउन खानीखोलाबाट दिउँसोको समयमा टिप्परको प्रवेशमा रोक लगाइने भएको छ ।बाटो साँघुरो भएकाले नौबिसे–नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ । ट्राफिक प्रहरी परिचालन गरी सडक खुला गरिने प्रजिअ तामाङले बताए । उक्त क्षेत्रमा गत वर्ष मर्मत गरिएको सडक पूरै भत्किएको छ ।

साँघुरो सडकलाई तत्काल चौडा बनाउन नसकिए पनि जाममुक्त बनाउन सकिने धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य बताउछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.