www.tandavnews.com
Fact ~ In search of truth

एन. आइ. सि एसिया आइटिएफ सिनियर च्यापियनसीप भोलिदेखी

पोखरा,
ताण्डव न्युज ।

पोखरामा एन. आइ. सि.एसिया बैंक नेपाल आइटिएफ सिनियर च्याम्पिियनसीप ग्रेड –४ आयोजना हुने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै टुर्नामेन्ट डाइरेक्टर अजय बिष्टले असोज ( गतेदेखि ) गतेसम्म पोखरा रंगशालामा च्याम्पियनसीप आयोजना हुने बताए ।

नेपाल, भारत लगायत देशबाट ५० बढि खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथि एकल तर्फ हुने प्रतिस्पर्धामा ३५ वर्ष माथि १० जना, ४५ वर्ष माथि २२ जना र ५५ वर्ष माथि २० जनाले सहभागिता जनाउने विष्टले जानकारी दिए ।

प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्ने बताउदै खेलले भिजिट नेपाल २०२० समेत सहयोग गर्ने उदेश्य रहेको कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले बताए । पोखरामा वर्षेनी सञ्चालित अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताले यहाँको खेल पर्यटनमा महत्वपूर्ण टेवा पुराएको लामाले जनाए ।

टेनिस लाइफ टाइम खेल्न मिल्ने खेल भएकाले टेनिसको विकासमा यस्तो टुर्नामेन्टको महत्त्वपूर्ण भुमिका रहने सघका सल्लाहकार सुर्य भुजेलले जानकारी दिए ।संघ कास्कीका सदस्य समेत रहेका आर्थिक समितिका संयोजक अनुज बाँस्तोलाले प्रतियोगिता सम्पन्न गर्न झण्डै १४ लाख खर्च लाग्ने जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.