www.tandavnews.com
Fact ~ In search of truth

लाप्राकमा बिरामी परेकी फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

गोरखा ।

धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हुँदै लार्केपास गर्न यही असोज १ गते लाप्राक आएकी ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारी सिकिस्त बिरामी परेपछि हेलिकोप्टर चार्टर गरी आज बिहान उद्धार गरिएको वडा नं ४ का वडाध्यक्ष राज गुरुङले जानकारी दिए ।

“धार्चेको लाप्राक आएदेखि नै उनी बिरामी भएको रहेछ”, वडाध्यक्ष गुरुङले भने, “घटनाका बारेमा सम्बन्धित ट्राभल एजेन्सीलाई जानकारी गरायौँ, आज बिहान हेलिकोप्टर आएपछि उपचार लागि पठाइएको हो ।”

पदमार्गका हिँडेकी पर्यटक आकस्मिक बिरामी परेको बिहीबार नै जानकारी पाए पनि मौसम खराबीका कारण आज बिहान मात्र उद्धार गर्न सफल भएको यती माउण्टेन एडभेन्चरका प्रबन्धक श्री गुरुङले जानकारी दिए ।

उद्धार गरिएकी म्यारीको काठमाडौँ लाजिम्पाटस्थित सिभिक क्लिनिकमा उपचार भइरहेको उनले जानकारी दिए । म्यारी छोरासहित गाइड र पोर्टर लिएर मनास्लु पदमार्ग हुँदै लार्केपासका लागि आएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.