www.tandavnews.com
Fact ~ In search of truth

बन्दुक उठाएर शासन आउँदैन :नेकपा नेता नेपाल

काठमाडौं ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बन्दुक उठाएर कुनै शासन नआउने बताएका छन् । बन्दुकले शासन नआउने भन्दै नेता नेपाले बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन बिप्लव समूहलाई आह्वान गरेका छन् ।

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आज वारुदी सुरुङ प्रतिबन्द्ध अभियान नेपालले काठमाडौमा गरेको कार्यक्रममा उनले बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव नहुने बताए ।

शक्तिको अहंकारबाट समस्या समाधान हुने भन्दा पनि बल्झिने भन्दै उनले सम्यम भएर अगाडि बढ्नु पर्ने बताए ।पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले विश्वमा शान्तिको सन्देश दिनका लागि सबै राजनीतिक दल एक हुनु पर्ने पनि बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.