www.tandavnews.com
Fact ~ In search of truth

‘कफिको दानाबाट उब्जनी गर्दैछौ’

पाेखरा
ताण्डव न्यूज ।

झण्डै एक वर्ष अघि पोखराको मुटु न्युरोडमा सञ्चालनमा आएको कफी बियाँ रेस्टुरेन्ड एण्ड बारले व्यासायिक क्षेत्रमा राम्रो पिकअप लिइरहेको छ ।डाउन टाउनमै पनि कस्टमरलाई हाईजेनिक खाना उपलब्ध गराउने उद्धेश्यले सञ्चालनमा आएको हो । कफि बियाँका रेस्टुरेन्ट एण्ड बारका सञ्चालक राजकुमार कार्कीसँग ताण्डव न्युजकर्मी उमा विकले गरेको कुराकानी : 

१. व्यवसायीहरु लेकसाइड टार्गेट बिजनेस गरिरहँदा तपाईलाई न्युरोडमा यति ठूलो लगानी गर्न के कुराले हौस्यायो ?

Batas

टुरिजममा जहाँ बिजनेस धेरै हुन्छ त्यही ठाउँमा बिजनेस खोज्नुपर्छ भन्ने फिलोसोफी हुन्छ । तर म लगायत मेरो टिमको मुख्य उद्धेश्य के भने किन हार्ट अफ दि सिटी (पोखराको मुटु) डाउन टाउनमै हाइजेनिक खाना, हाइजेनिक सर्भिस ग्राहकलाई अफर नगर्ने भनेर हामीले पोखराको मुटु न्युरोडलाई बिजनेसका लागि छनोट गरेका हौँ ।

२.लगानी त निकै गर्नुभएको छ है ?

अहिलेको मार्केटको ट्रेन अथवा बिजनेस प्रतिष्पर्धाको कुरा गर्नुपर्दा हाम्रोमा युनाइटेड टिम छ । आ–आफ्नो तर्फबाट सक्दो कन्ट्रिब्युट( सहयोग) गर्नुहुन्छ । कसैले फाइनान्सियली, कसलै एक्स्ट्रा एक्स्पोजरद्धारा, कसैले पब्लिक रिलेसन, कसैको यो क्षेत्रको लामो अनुभव छ । यी सबै एकमुष्ठ लगानी भएको छ रेस्टुरेन्टमा ।

३.ठ्याक्कै भन्नुपर्दा लगानी कति लाग्यो होला त ? लगानी गरेअनुसार सन्तुष्ट हुनुहुन्छ यहाँको व्यापारबाट ?

ठ्याक्कै पुँजीको कुरा गर्नु पर्दा कफी बियाँलाई पूर्णरुपले सञ्चालन गर्नका लागि ७ करोड माथि लगानी भएको छ । हामीसँग ३ वटा फ्लोरमा फरकफरक सर्भिस उपलब्ध छ । कुनै पनि बिजनेस खोलिन्छ त्यसको आफ्नै स्ट्राटिजी(रणनीति), भिजन हुन्छ । त्यो भिजन भनेको सर्टेन पिरियड (निश्चित अवधि)मा हामी ब्रेक इभन पोइन्टतिर लाग्छौँ त्यसपछि बल्ल रेभिन्युतिर लाग्छौँ ।

केही वर्ष हामी आफ्नो पब्लिकसँगको सम्बन्ध बढाउन, जेन्युन गेष्ट, कष्टमर खोज्नको लागि हामीलाई केही समय लाग्छ । हाम्रो रेस्टुरेन्टको अपरेटिङ कस्ट(दिनदिनै हुने खर्च) धेरै छ तर, पनि म्यानेज भईराखेको छ । हामीकहाँ आउने पाहुनाहरु फेरि दोहोरिउन भन्ने हाम्रो उद्देश्य हो, यो मेन्टेन भइराखेको छ । यसैले पनि हामी सन्तुष्ट छौँ । हामीसँग स्कुल छ यसबाट पनि रेस्टुरेन्टलाई सहयोग पुगीराखेको छ ।

४ं. बिजनेस चलाइरहँदाका चुनौतीहरु के के छन् ?

मार्केट ट्रेनको कुरा गर्नुपर्दा हामी कहाँ आउने गेष्टहरुलार्ई इन्टरनेसनल एक्स्पोजर भएको खानाहरु इन्टरड्यूस गर्दै छौ ।ट्रेडिसनल एप्रोज(परम्परागत दृष्टि) भएका गेष्टलाई जिब्रोमा भुन्डिने नेपाली टेस्टकै खानाहरु हामी उपलब्ध गराउने प्रयास गरिराखेका छौँ ।

हामीले एउटै खाना नभई खानामा टुइष्ट ल्याउने कोसिस गरेका छौ । नेपाली, चाइनिज वरियन्टल खाना बनाएर कस्टमरलाई नयाँ स्वाद चखाउने हाम्रो प्रयास छ । यो फ्युजन गरेर लैजानु नै मेरो लागि चुनौती छ ।

५.कफि बियाँका बिशेषता के हुन् ?

कफि बियाँ कफि कै लागि मात्र खोलेको रेष्टुरेन्ट हैन । यहाँ हामी मल्टि क्युसिन खाना र पेय पदार्थ सर्भिस प्रदान गर्छौ । हामी कहाँ कफि मात्र नभई हामीले फास्टफुडदेखि लिएर इन्टरनेसनल लेभलको खाना हामी उपलब्ध गराउँछाँै ।हामीले मणिपाललाई फोकस गरेर इन्यिन खाना, योङ जेनेरेसनलाई फोकस गरेर फास्ट फुड, यु.के युएसए तिर बसेर आउने पोटेन्सियल कस्टमर हुनुहुन्छ उहाँहरुलाई फोकस गरेर युरोपियन खानाहरु प्रोभाइड गर्छौ ।

हामीसँग युनिक किचन छ । जुन कफी बियाँ आउने कस्टमरले हेर्न सक्नुहुन्छ । यसको अर्थ हामीले जे बनाउँछौ यहाँ आउने गेष्टहरुको आँखा अघिनै खाना बनाउँछौ । हामी कहाँ विभिन्न इभेन्ट गर्न सकिने २ सय जनासम्मको क्यापासिटीसहितको सुविधा सम्पन्न हलको व्यवस्था छ । शुक्रबार र शनिबार लाइभ म्युजिक हुने गर्छ ।ग्रेड फुड र ग्रेड हस्पिटालिटी कफि बियाँको मुख्य बिशेषता हो ।

६.अन्य रेस्टुरेन्टमा भन्दा फरक अनुभुति कुन कुरामा गर्न सक्छौँ । कस्टमर कफि बियाँ नै किन आउने ?

ग्रेड फुड र ग्रेड हस्पिटालिटीले नै फरक अनुभुती भइ नै हाल्छ । हामी कहाँ तालिम प्राप्त स्टाफ छन् । यहाँ आउने कस्टमरले अन्य रेस्टुरेन्टको भन्दा फरक सुविधाजनक हस्पिटालिटीको अनुभुति गर्न सक्नुहुन्छ ।हामी एउटै कफिको बिन्सबाट धेरै भेराइटिका कफि बनाउँछौ ।ग्रान्डिङ, रोष्टिङ,कफि बनाउने इटालियन मेसिन लगायतका लेटेस्ट मेसिनको प्रयोगबाट हामी कफि उपलब्ध गराउँछौँ ।

हाम्रोमा खाना हाइजेनिक छ । यसकारण पनि कफि बियाँमा कस्टमर आउनुपर्छ । मम र चाउमिन बाहेकका खानाहरु अन्य रेस्टुरेन्टको भन्दा फरक पाउनुहुन्छ ।

७. बियाँ नाम त क्याची नै छ, नामकै कारण माउथ पब्लिसिटी पनि राम्रो छ बजारमा, कसरी जुराउनुभयो नाम ?

हाम्रो कन्सेप्ट के भने । बियाँ भनेको एउटा सानो दाना वा बिउ हो । हामी त्यहीं बिउबाट व्यवसाय सुरु गर्दैछौँ । हाम्रो रेस्टुरेन्टको लोगोमा देख्न सक्नुहुन्छ कफिको दानाबाट हामीले उब्जनी गर्दैछौ । अहिले हामीले दानामा लगानी गरेका छौँ त्यो दानाबाट हामीले ब्यवसायलाई बढाउँदै, उन्नत बनाउँदै जान्छौँ । आज कफिको बियाँबाट सुरु गरेको व्यवसाय भविष्यमा गार्डेनको रुपमा फस्टाउने हाम्रो लक्ष्य हो ।त्यही कन्सेप्टबाट हामीले रेष्टुरेन्ट नाम बियाँ भनेर राखेको हो ।

८. बिजनेसका धेरै पाटाहरु छन् । बिजनेसमा पनि रेस्टुरेन्ट लाइन नै रोज्नुको कारण ?

 इन्टरनेसनल सिनारियोको कुरा गर्नुपर्दा अहिले हस्पिटालिटी इन्र्डष्ट्री भनेको लार्जरेष्ट इन्डर्सट्रि अफ द र्वल्ड (विश्वकै ठुलो उद्योग) भनिन्छ । यसले धेरै मानिसलाई अवसर प्रदान गर्छ । यो उद्योगलाई छिट्टै वृद्धि हुने र लाभ लिन सकिने उद्योग पनि भनिन्छ । नेपाल पनि स्वयम् स्मोकलेस इन्डर्सट्रि भनिन्छ । स्मोकलेस यस हिसाबमा कि हामीले धेरै लगानी नगरिकन पनि राम्रो हस्पिटालिटी दिएर कस्टमरलाई जेन्युन कस्टमर बनाउन सकिन्छ ।

पोखरा टुरिजमको हव मानिन्छ। यहाँ समाजिक रुपमा फुड एण्ड बेबरेज इन्टरड्युस गर्नुपर्ने बाध्यता देखिएकाले पनि हामीले रेस्टुरेन्ट सञ्चालन गरेका हौँ ।

९.अबको योजना के छ ?

यही ठाउँलाई सेन्टर लोकेसन बनाएर विभिन्न ठाउँमा आउटलेट बनाउने योजना छ । सराङकोट, शान्ति स्तुपा तिर हामीले यसकै ब्रान्चका लागि जग्गा हेरेका छौँ । हामीले कफि बनाएर बेच्ने मात्र होइन कफिबारे अनुसन्धान पनि गरेका छौ । कफि कसरी रोपिन्छ, एउटा कफिको रुखमा कति कफि फल्छ । त्यसलाई रोष्ट गर्दा कति ग्राममा आउँछ भन्ने कुराको हामीले अनुसन्धान र तालिम लिएका छौँ ।

त्यसैले भविष्यमा हामी कफि उत्पादन गर्ने सोचेका छौँ । त्यसको लागि बेगनासताल भन्दा झण्डै १४ सय फिट माथि कफि उत्पादनका लागि जग्गा हेरेका छौँ । कफि बियाँले रेस्टुरेन्ट मात्र नभई योङ जेनेरेसनको स्कील डेभलभ र सीप विकासका लागि बरिष्ठा ट्रेनिङ दिँदै आइरहेको छ । हालसम्म १५ औँ ब्याँचले वरिष्ठा ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरेका छन् ।छिट्टै युवा पुस्तालाई टार्गेट गर्दै बेकरी क्लास सञ्चालनमा आउँदै छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.