www.tandavnews.com
Fact ~ In search of truth

क्राउन हिमालयज र राइनो लजको दशैंतिहार प्याकेज

काठमाडौं।

चाडपर्वका बेला साना फेन्सी पसल देखि ठुला मल, होटल रेन्टुरेन्ट लगायतका विभिन्न क्षेत्रमा ग्राहकलाई विशेष अफर दिने गरेका छन् भने केहीले विभिन्न स्पेसल प्याकेज ल्याएका छन् ।

यसैबीच दशैंमा पोखरा र चितवन घुम्न चाहनेका लागि आकर्षक प्याकेज सार्वजनिक भएको छ । पोखराको क्राउन हिमालयज र चितवनको राइनो लजले बन्डलिङ गरेर प्याकेज ल्याएको हो।

Batas

नेपाली नागरिकलाई लक्षित गर्दै दशैंका बेला घुमौं पोखरा–चितवन भन्ने नारासहित २३ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको हो। क्राउन हिमालयजका निर्देशक आग्रह अर्यालले दशैंको समयमा दुई पर्यटकीय शहरमा स्वदेशी पर्यटकलाई सस्तो मूल्यमा घुम्न पाउने अवसर दिनका लागि यस्तो प्याकेज ल्याएको बताए।

पोखरा –चितवन घुम्न चाहने आन्तरिक पर्यटकका लागि चार रात पाँच दिनको प्याकेज ल्याएको निर्देशक अर्यालले बताए।‘राइनो लजमा दुई रात र क्राउन हिमालयमा दुई रातको बसाई हुनेछ।

अर्यालले भने, ‘आन्तरिक पर्यटकले चितवनमा हात्ती सफारी, बर्ड वाचिङ, क्यानोई राइड र इलेफेन्ट ब्रिडिङ सेन्टरमा निशुल्क घुम्न पाउनेछन् भने, साइट सिन, फेवातालमा एक घण्टा बोटिङ र एक जनालाई स्पामा २० प्रतिशत छुट हुनेछ ।

दुबै होटलमा ब्रेकफास्ट निशुल्क हुने अर्यालले बताए । उनले पछिल्लो समयमा दशैंमा घुम्ने प्रचलन बढ्दै गएकाले आकर्षक प्याकेज ल्याएको बताए। ‘हाम्रो उदेश्य दशैंका बेलामा नेपालीहरुले विदेश होइन स्वदेशमै घुम्नुपर्छ भन्ने मान्यता अनुसार सस्तो प्याकेज ल्याएका हौं।’ अर्यालले भने।

उनका अनुसार दुबै होटलमा पिकअप र ड्रप निशुल्क हुनेछ। यो नोभेम्बर ३ अर्थात कार्तिक १७ गतेसम्म मात्रै लागु हुनेछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.