www.tandavnews.com
Fact ~ In search of truth

पाल्पाको कोलडाँडामा १३ गते देखी भलिबल प्रतियोगिता

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज।

पाल्लाको बगनासकाली गाउँपालिका –५ तल्लो (राम्दी) कोलडाँडामा बिजयादशमीको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

सामाजिक काममा क्रियाशिल माउण्ट एभरेष्ट युवा क्लबको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारा सहित प्रतियोगिता आयोजना हुन लागेको हो ।

स्थानिय अगुवा तथा खेल संयोजक बिष्णु राना मगर (सजल) ले सो प्रतियोगिता आगामी (असोज) १३ गते देखी तल्लोकोलडाँडा स्थित सहिद केवल गाहा खेल मैदानमा सञ्चालन हुने जानकारी दिए ।उनले प्रतियोगिताको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ३० हजार रुपैपा प्रदान गर्ने उनले बताए ।

राना मगरका अनुसार उपबिजेता बन्ने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २० हजारमा चित्त बु्झाउनेछ भने सान्त्वना स्थान हासिल गर्ने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १० हजारमा प्राप्त गर्नेछ ।

उनले टिम दर्ता फोन (९८६६६६४००४९, ८६७३९४०७६) मार्फत पनि गर्न सकिने बताउदै दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको बताए ।क्लबका अध्यक्ष दान बहादुर राना मगरले स्थानिय स्तरमा रहेको प्रतिभावन खेलाडीलाई उथ्थान गर्ने उद्देश्य सहित बिगत देखी नै प्रतियोगिताको आयोजना गर्दै आएको बताए ।

‘यो प्रतियोािगतामा गाउँ ठाउँको कुना कन्दरामा रहेका खेलाडीलाई लक्षित गरेका छौ, उनले भने, ‘उदीयमान खेलाडीलाई थप स्पेस र अझ उर्जा मिल्नेछ ।’अध्यक्ष रानामगरले हिन्दु नेपालीहरुको चाड बिजयादशमीको शुभकामना समेत खेल मार्फत आदान प्रदान हुने बताउदै आपसी भाईचाराको सद्भाव कायम हुनेमा बिश्वास ब्यक्त गरे ।

उनका अनुसार क्लबकै आयोजनामा पूर्णिमा (असोज २६ गते ) को दिन बिबिध साँस्कृतिक सन्ध्याको आयोजना समेत गरिनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.