www.tandavnews.com
Fact ~ In search of truth

भाषण गर्दागर्दै हर्टअट्याक, राजपा केन्द्रीय उपाध्यक्ष राजवंशी चौधरीको निधन

काठमाडौं ।

राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय उपाध्यक्षको भाषण गदागर्दै निधन भएको छ । पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दैगर्दा बारा घर भएका उपाध्यक्ष राजवंशी चौधरीको निधन भएको हो।

शनिबार ललितपुरमा पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा अचानक हृदयाघात भएर उनको निधन भएको पार्टी स्रोतले जनाएको छ । पार्टी स्रोतको अनुसार हिजो दिउँसो ३ बजेतिर भेलामा बोल्दै गर्दा हृदयघात भएको र तुरुन्तै हस्पितल पुर्याएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

Batas

६० वर्षीय चौधरीको शव काठमाडौंको मेडिसिटी अस्पतालमा राखिएको जनाइएको छ

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.