www.tandavnews.com
Fact ~ In search of truth

भक्तपुरमा मोटरसाईकल चोर्ने तीन मोटरसाइकलसहित पक्राउ

भक्तपुर ।

Lama collectio News Middle

भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ।

सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका–३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामबहादुर तामाङ, सुनकोशी गाउँपालिका–७ का २४ वर्षीय विजय नेपाल पक्राउ परेका उक्त बृत्तका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए।

त्यसैगरी सोही गिरोहका चाँगुनारायण नगरपालिका–१ दुवाकोटबेँसीका २३ वर्षीय सुजन गुरुङ, १९ वर्षीय दीपक अर्याल र सुजन थापालाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...