www.tandavnews.com
Fact ~ In search of truth

चिनियाँ राजदूत र गृहमन्त्री थापा बीच भेट

काठमाडौँ ।

उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङको २३ वर्षपछि हुन लागेको नेपाल भ्रमण असोज अन्तिम साता हुने निश्चित भएसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरु सुरक्षा योजना बनाउन लागी परेका छन्।

यसैबीच नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले गृहमन्त्री रामबहादुर थापासँग चिनियाँ राष्ट्रपति सीको आसन्न भ्रमणको सुरक्षा व्यवस्था बारे छलफल गर्न भेट गरेकी छन् ।गृहमन्त्री थापासँग राजदूत यान्छीले आफ्ना राष्ट्रपतिको असोज अन्तिम साता हुने भनिएको भ्रमणका बेला नेपाल सरकारले गरिरहेको सुरक्षा व्यवस्था बारे जानकारी लिन र आवश्यकताहरु बारे जानकारी दिन भेट गरेकी हुन्।

चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपालको औपचारिक भ्रमणमा आउने तय भएपनि सरकारले मिति भने सार्वजनिक गरिसकेको छैन।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.