www.tandavnews.com
Fact ~ In search of truth

गोरखाको भच्चेकमा असोज १० देखि सर्वाधिक पुरस्कार राशीको फुटबल

गोरखा ।
अजिरकोट गाउँपालिकाको भच्चेक स्थित दि मनास्लु यूवा क्लबले यहि असोज १० देखि १७ गतेसम्म प्रथम भच्चेक कप फुटबल प्रतियोगिता गर्ने भएको छ । क्लबले सार्वजनिक सूचना जारी गरी खुल्ला फुटबल प्रतियोगितामा सहभागि हुन खेलाडीहरुलाई आग्रह गरेको छ । अजिरकोट ३, भच्चेक स्थित टुडीखेल मैदानमा हुने प्रतियोगितामा पहिलो हुनेले एक लाख ११ हजार एकसय ११ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ ।
त्यस्तै दोस्रो हुनेले ५५ हजार पाँचसय ५५ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउनेछ । त्यस्तै सेमिफाइनल पुग्ने अथवा सान्त्वना स्थान हाँसिल गर्ने दुबै टोलीलाई २२ हजार दुईसय २२ रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोल रक्षक, उत्कृष्ठ डिफेन्डर, अनुशासित प्रतियोगी समुह र सर्वाधिक गोलकर्तालाई पनि विशेष पुरस्कारको ब्यवस्था गरिएको आयोजक दि मनास्लु क्लबले जानकारी दियो ।
प्रतियोगितामा सहभागि हुन चाहने टिमहरुले प्रतियोगिता हुने दिन असोज १० गते विहान १० बजे भित्र आफ्नो टिम दर्ता गरिसकेको हुनुपर्नेछ । प्रतियोगितामा सहभागि टिमले दर्ता स्वरुप १० हजार रुपैयाँ बुझाउनुपर्नेछ । उक्त प्रतियोगिताको उद्घाटन सत्रमा आयोजक क्लब दि मनास्लुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गर्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.