www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति भण्डारी अर्को महिना जापान भ्रमणमा जाने तयारी

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी जापान जाने भएकी छिन् । भण्डारी अर्को महिना जापानको राजकीय भ्रमणमा जाने तयारी भइरहेको जनाइएको छ । जापानका सम्राट नारुहितोको निम्तोमा राष्ट्रपति भण्डारी जापान जान लागेको बताइएको छ ।

भ्रमणको तयारीबारे राष्ट्रपति कार्यालय स्रोतले पुष्टि गरे पनि भ्रमणको समय मिलाउने जिम्मा सरकारको भएको जनाइएको छ। स्रोतका अनुसार अक्टोबर अन्तिम साता वा नोभेम्बर पहिलो सातासम्म राष्ट्रपति भण्डारीको जापान भ्रमण हुनेछ ।

अक्टोबर दोस्रो साता चिनिया राष्ट्रपति सी जिनपिङको भ्रमण हुने सम्भावना रहेकाले त्यसपछि हुनेगरी राष्ट्रपति भण्डारीको जापान भ्रमणको मिति तय गरिने सरकारी अधिकारीहरुले बताएका छन् । भ्रमण अक्टोबर अन्तिम साता हुनसक्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.