www.tandavnews.com
Fact ~ In search of truth

विश्व पर्यटन दिवसको दिन पोखरामा मिनी सडक महोत्सव

पोखरा,
ताण्डव न्यूज ।

 

४० औं विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेण्ड एण्ड बार एशोसियसन पोखराले मिनी सडक महोत्सव आयोजना गर्ने भएको छ ।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका संयोजक सुर्यबहादुर भुजेलले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको बताए ।

Batas

साझँ ५ बजेदेखि करिब ११ बजेसम्म आयोजना हुने महोत्सवमा विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत हुने भुजेलले बताए ।भुजेलका अनुसार महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खानाका परिकार, विभिन्न जातीय तथा धार्मिक साँस्कृतिक झल्कने कार्यक्रम, खेलकुद तथा पर्यटकीय आवर्षण हुने वृत्तचित्रको प्रदर्शनी, लाइभ सो, ब्याण्ड, पञ्चेबाजा, गन्धर्व गायन लगायत विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुनेछ ।

सो दिनमा पोखरा आउने सम्पूर्ण पर्यटकहरुलाई फूल माला र गिफ्ट भौचरले स्वागत गरिने कार्यक्रम रहेको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरिञ्जीवि पोखरेलले जानकारी दिए । झण्डै २ लाख ५० हजार लागतमा आयोजना हुने महोत्सव बाराही चोकदेखि फेवा लेक सम्म विभिन्न कार्यक्रमका बीच संचालन हुने आयोजक टिमले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.