www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

चितवन।

भरतपुर महानगरपालिका–१ आँपटारी वन क्षेत्रमा आइतबार राति ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आँंपटारीबाट रामनगरतर्फ जाँदै गरेको लु२ख ६९० नम्बरको ट्रक पछाडि सोही दिशातर्फ जाँदै गरेको ना४४प ५०१७ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक रेग्मी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.