www.tandavnews.com
Fact ~ In search of truth

दशनामी युवा समितिद्वारा क्यान्सर पीडित गंगालाई सहयोग

पोखरा ।

नेपाल दशनामी युवा समितिले क्यान्सर पीडित गैंडाकोट निवासी गंगा गिरीलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । समितिको नवलपुरमा बसेको बैठकले गिरीलाई सहयोग गर्न कार्यसमिति बाट २० हजार ५ सय १५ रुपैयाँ उठाएको हो ।

गंगाको घरमा पुगी नेपाल दशनामी युवा समितिका अध्यक्ष सुरेस गिरी, महिला उपाध्यक्ष शान्ता गिरी, सचिव गणेश गिरी, मदन गिरी र सदस्य अमृत गिरीले सो रकम हस्तान्तरण गरेका हुन ।

समितिका अध्यक्ष गिरीले सामाजिक कार्यमा युवा लाग्नु पर्ने बताउदै युवाले समाजलाई बुझेर अगाडि बढ्नु पर्ने धारणा राखे । गिरीले आफ्नो समाजका जो कोहीलाई पनि केही समस्य परे तुरुन्त जानकारी गराउन अनुरोध गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.