www.tandavnews.com
Fact ~ In search of truth

पोखराबाट तनहुँतर्फ गइरहेको एम्बुलेन्स ओभरटेक गर्दा पल्टियो

पोखरा ।

पोखराबाट दमौँली तर्फ जाँदै गरेको एम्बुलेन्स बिच सडकमै पल्टिएको छ ।

तनहुँ जिल्ला म्याग्देमा १ गुणादीमा ग २ च ७३०३ नम्बरको एम्बुलेन्स ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको जनाइएको छ । उक्त एम्बुलेन्समा चालक मात्र रहेकाले मानविय क्षति हुनबाट जोगिएको छ । चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ट्राफिक प्रहरीको सहयोगमा क्रेनले एम्बुलेन्सलाई उठाई साईड लगाउने कार्य भैरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.