www.tandavnews.com
Fact ~ In search of truth

मध्यपहाडी लोकमार्गमा कार्यरत सव ओभरसियरको पुरिएर ज्यान गयो

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत कुस्मा खण्डमा कार्यरत एक जना सव ओभरसियरको सुख्खा पहिरोमा पुरिएर ज्यान गएको छ । सडक खण्ड अन्तर्गत पर्वतको कुस्मा नगरपालिका ७ खरेहाको गेट नजिकै मोरङ घर भएका अन्दाजी २३ बर्षका कमल राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सडकको चौडाइ नाप गरिरहेको बेलामा सडकमाथि केही महिना पहिले खनिएको ठाउबाट सुख्खा माटो, रुख र ढुंगा सहित खसेको पहिरोमा पुरिएर राईको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोली र चण्डिका सशस्त्र प्रहरी गणबाट संयुक्त रुपमा खटीएको प्रहरी टोलीले राईको शवलाई एक्साभेटरको सहयोगले पुरिएको ठाउँबाट बाहिर निकालिएको थियो । सव ओभरसियर राईको शवलाई पोष्टमार्टमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ ।

Batas

मध्यपहाडी लोकमार्गमा कार्यरत अन्य मजदुरका अनुसार घटनामा ज्यान गुमाएका राईका भाइहरू पनि सोही ठाउँमा काम गरिरहेको भए पनि उनीहरु भने सुरक्षित रहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.