www.tandavnews.com
Fact ~ In search of truth

घाचोकमा रक्तदान कार्यक्रम हुने

पोखरा
ताण्डव न्यूज ।

माछापुच्छ्रे गाउँपालिका –३ घाचोकका आगामी १२ गते रत्तदान कार्यक्रम हुने भएको छ ।

न्यू सनराईज युवा क्लबले चौथो संस्करणको रक्तदान कार्यक्रम हिन्दु नेपालीहरुको चाड बिजयादशमी सुरु हुने दिन (घटस्थापना) मा आयोजना गर्न लागेको क्लबका अध्यक्ष शुशिल जंग केसीले बताए ।

Batas

उनका अुनसार मेघराज आधारभुत बिद्यालयको प्राङ्गणमा बिहान साढे ७ बजे देखी रक्तदान सुरु हुनेछ ।

उनले गाउँको परिवेशमा रक्तदान बारे अझै पनि सङ्किर्ण बिचार रहेकाले सकरात्मक सन्देशका लागि बिगत देखी नै रक्तदानको आयोजना गर्दै आएको बताए ।

क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोगमा हुने उक्त कार्यक्रममा रक्तदानको लागि सबैमा आग्रह समेत गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.