www.tandavnews.com
Fact ~ In search of truth

नदीपुरमा हुने भलिबल प्रतियोगिताको तयारी पुरा, टिकटबाट संकलित रकम मृगौला पिडित गुरुङलाई

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

पोखरा भलिबल प्रशिक्षण केन्द्रले नदीपुरमा आयोजना गर्ने तेस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, खेलाडी राष्ट्रका गौरब’ भन्ने नाराका साथ आगामी ८ देखी ११ गते सम्म पोखराको नदिपुर स्थित छन्त्याल समाजको खेल मैदानमा आयोजना हुने प्रतियोगिताका तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

प्रतियोगिताको खेल संयोजक अनिल गुरुङले पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५५ हजार ५ सय ५५ प्रदान गरिने बताए । उनका अनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३३ हजार ५ सय ५५ प्राप्त गर्नेछ ।

त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १३ हजार प्रदान गरिने बताए ।

Lama collectio News Middle

उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु खसी हजार र उपबिजेता टिमले नगद रु खसी हजार प्राप्त गर्नेछ ।

संयोजक गुरुङले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा (उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, क्वीकर, सर्भर, डिफेण्डर र उदीयमान खेलाडी) पुरस्कृत गरिने जानकारी दिदै पुरुष तर्फ दर्ता शुल्क रु ४ हजार ५ सय र महिला तर्फ २ हजार ५ सय तथा भेट्रान्स तर्फ ३ हजार निर्धारण गरिएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षण केन्द्रका अध्यक्ष मनोज खड्काले उक्त प्रतियोगिताबाट टिकट तर्फ संकलित शत प्रतिशत रकम मृगौला पिडित सुरज गुरुङलाई मुगौला प्रत्यारोपणका लािग सहयोग गरिने बताउदै पहिलो दिनको टिकट दर ५० र समापन समारोह (फाईनल खेल) मा १०० रुपैया निर्धारण गरिएको बताए ।

लम्जुङ बेशीशहर घर भई हाल पोखरा १२ निवासी मृगौला पिडित गुरुङको उपचार ललितपुर स्थित किष्ट मेडिकल टिचिङ अस्पतालमा भैरहेको अध्यक्ष खड्काले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop