www.tandavnews.com
Fact ~ In search of truth

श्री एयरको छुट योजनाः७५ नाघेकालाई ५० प्रतिशत छुट

८५ माथिकालाई जुनसुकै रुटमा ५००

काठमाडौं।

श्री एयरलाइन्सले ज्येष्ठ नागरिकका लागि छुट योजना लागु गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईद्वारा प्रस्तुत वार्षिक कार्ययोजना अनुसार श्री एयरलाइन्सले छुट योजना लागु गरेको जनाएको छ ।

श्रीले असोज १२ गते घटस्थापनाका दिनदेखि लागु हुने गरि ७५ वर्ष भन्दा माथिका नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने विज्ञप्तिमार्फत घोषणा गरेको हो । त्यसैगरी श्रीले ८५ वर्षमाथि नागरिकका लागि जुनसुकै रुटमा पनि केबल ५०० रुपैयाँमै हवाई यात्रा गराउने भएको छ।

Batas

यसअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले ७० वर्ष भन्दामाथिका नागरिकका लागि हवाई भाडामा ५० प्रतिशत छुटको घोषणा गरेको थियो।मन्त्री योगेश भट्टराईले गत भदौ ९ गते आफ्ना १ सय ४१ बुँदे कार्ययोजना सावर्जनिक गर्ने क्रममा ज्येष्ठ नागरिकका लागि हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.