www.tandavnews.com
Fact ~ In search of truth

चिनियाँ कम्युनिस्टका विदेश विभाग प्रमुख सोङ ताओको स्वागत

काठमाडौं ।

चिनियाँ र नेपाल कम्युनिस्टको अन्तरक्रिया कार्यक्रमका लागि चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ नेपाल आएका छन्।

उनी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपालको निमन्त्रणामा नेपाल आएका हुन। काठमाडौंमा आजै (सोमबार) बाट अन्तरक्रिया कार्यक्रम सुरु हुदैँछ ।

विदेश विभाग प्रमुख सोङलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्कुल विभाग उपप्रमुख वेदुराम भुसाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले स्वागत गरेका थिए।साँझ ५ बजे सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया सुरु हुने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस गर्ने बताइएको छ। कार्यक्रममा भाग लिन चीनबाट यसअघि नै ४० जना काठमाडौं आइसकेका छन्।

सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच पहिलो पटक यो स्तरको वैचारिक छलफल हुन लागेको हो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.