www.tandavnews.com
Fact ~ In search of truth

कावासोतीको खरकट्टा जंगलमा कार र ट्रक ठोक्किदाँ पाँचको मृत्यु

नवलपरासी।

गएराति कावासोतीमा सवारी दुर्घटना हुदाँ पाँच जनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् पूर्वी नवलपरासीस्थित नारायणढ–बुटवल सडकखण्डमा कार र ट्रक एकापसमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको हो ।कावासोती नगरपालिकाको खरकट्टा जंगलमा भएको दुर्घटना मृतक सबै कारमा सवार यात्री रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ का दीपक बिक, देवचुली–५ का डिलबहादुर ढेंगामगर र कैलालीको धनगढीका सुरज रानामगर रहेको प्रहरीले जनाएको छ । अरु दुईजनाको सनाखत हुन सकेको छैन ।

नारायणगढबाट बुटवलतर्फ जादैँ गरेको लु१ख ८५३२ नम्बरको ट्रकसित कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको बा२१च ६४०९ नम्बरको कार ठोक्किएको थियो ।तीव्रगतिमा रहेको कारले ‘ओभरटेक’ गर्नेक्रममा ट्रकसित ठोक्किएर दुर्घटना भएको प्रहरीको अनुमान छ । ट्रक र ट्रकका चालक प्रहरी नियन्त्रणमा छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.