www.tandavnews.com
Fact ~ In search of truth

नेमकिपाको नयाँ केन्द्रीय समिति निर्वाचित,अध्यक्षमा बिजुक्छे

भक्तपुर।

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनबाट नारायणमान बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

सोमबार साँझ सम्पन्न महाधिवेशनले सर्वसम्मतिबाट नारायणमान बिजुक्छेलाई निर्वाचित गरेको हो ।नयाँ कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही छन् ।

त्यस्तै सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएको केन्द्रीय सदस्य सरोजराज गोसाईले जानकारी दिए ।

महाधिवेशनबाट कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सुरेन्द्रराज गोसाई, सिर्जना सायजु, सरोजकुमार साह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक सदस्यमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष बिजुक्छेले बन्दसत्रमा शपथग्रहण गरेको र उनले शपथग्रहण गरेपछि नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराएका थिए ।प्रतिनिधि लक्ष्मण जोशीको संयोजकत्वमा उद्धव सुजखु र सुनकेसा शाही सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।

बन्दसत्रले पार्टी अध्यक्ष बिजुक्छेले प्रस्तुत गरेको जनताको प्रजातन्त्रलाई तत्कालीन कार्यक्रमका रूपमा पारित गरेको र पार्टीको भावी कार्यक्रममाथि समूहगत छलफल र समूह प्रस्तुतिपछि संशोधनसहित पारित गरिएको थियो । उनले प्रस्तुत गरेको समसामयिक राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रस्तावहरू संशोधनसहित पारित गरेको छ । ९रासस०

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.