www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा छ स्वास्थ्यचौकी भवन निर्माण

तनहुँ ।

सङ्घीय सरकारमार्फत जिल्लामा छ स्वास्थ्यचौकीका भवन निर्माण सम्पन्न भएका छन् । जिल्लाका ग्रामीण भेगमा रहेका जनतालाई सेवाप्रवाह गर्ने उद्देश्यसहित सङ्घीय सरकारमार्फत विनियोजित बजेटबाट छ स्वास्थ्यचौकीका भवन निर्माण सम्पन्न भएका हुन् ।

एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–१ स्थित किहुँ, व्यास नगरपालिका–११ तनहुँसुर, व्यास–८ रिस्ती, भीमाद–५ माझकोट, व्यास–१३ पोखरीभञ्ज्याङ र ऋषिङ गाउँपालिका–१ काहुँशिवपुर स्वास्थ्यचौकीका भवन निर्माण सम्पन्न भएका शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

निर्माण सम्पन्न भएकामध्ये किहुँ स्वास्थ्यचौकीमा ८७ लाख, तनहुँसुर स्वास्थ्यचौकीमा एक करोड ३४ लाख, रिस्ती स्वास्थ्यचौकीमा एक करोड २७ लाख, माझकोट स्वास्थ्यचौकीमा एक करोड १५ लाख, पोखरीभञ्ज्याङ स्वास्थ्यचौकीमा ८१ लाख र काहुँ शिवपुर स्वास्थ्यचौकीमा एक करोड १७ लाख खर्च भएको एकाइले जनाएको छ ।

त्यसमध्ये किहुँ, तनहुँसुर, रिस्ती, माझकोट र काहुँशिवपुरको भवन हस्तान्तरण भइसकेका र पोखरीभञ्ज्याङ भवन हस्तान्तरण हुन बाँकी रहेको एकाइ प्रमुख भण्डारीले जानकारी दिए । एकाइमार्फत नै निर्माण भइरहेको यान्त्रिक कार्यालयको भवन र दमौली सभाहलको भवन ९०÷९० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.