www.tandavnews.com
Fact ~ In search of truth

फेदीखोलाका ‘सिर्जित’लाई ‘सन्तोष’को सहयोग

पोखरा
ताण्डव न्यूज ।

सिर्जित बराल नर्सरीमा पढ्दैछन् । बराललाई स्याङ्जा फेदीखोलाकै लिटल फ्लावर बोर्डिङ स्कुलले छात्रवृत्ती प्रदान गरेर नर्सरी भर्ना गरेको थियो ।

घरको आर्थिक अवस्थाले बोर्डिङ स्कुल पढ्ने उनको रहरलाई पुरा गर्न सक्दैन । स्कुलले नै उनको लागि सहयोग गर्ने ब्यक्ति खोजीरहेको थियो । त्यसै मेसोमा कुरा भयो, पोखराका सन्तोष पहारीसँग ।

Batas

लियो क्लब अफ पोखरा लेकसिटिका अध्यक्ष पहारी गण्डकी बिकास बैंकमा कार्यरत छन् । मंगलबार लियो क्लब लेकसिटिकै संयोजनमा अध्यक्ष पहारीले फेदिखोला पुगेर छात्रवृत्ती स्वरुप १० हजार रकम हस्तान्तरण गरे । उनले क्लबमा अध्यक्षको पदभार सम्हाले लगत्तै कार्यकाल अवधिभर तलबको १० प्रतिशत रकम गरीब तथा जेहेन्दार विद्यार्थीलाई घोषणा गर्ने बताएका थिए ।

सो अवसरमा क्लबका अध्यक्ष पहारीले लियो तथा लायन्स को मुल मर्म अनुरुप सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे ।

कार्यक्रममा स्कुलका प्रिन्सिपल पुष्पराज बराल, भाइस प्रिन्सिपल लक्ष्मी प्रसाद बराल, लियो जिल्ला परिषद् ३२५ बि १ नेपालका अध्यक्ष बिनायक पौडेल, रिजन संयोजक समीर बराल तथा सोही क्लब बाट अंकित शर्मा, राम अधिकारी, श्रद्धा ढकाल लगायतको उपस्थिती थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.