www.tandavnews.com
Fact ~ In search of truth

सेभेन ए साइड फुटबल प्रतियोगिताको मिति परिवर्तन, कार्तिक ३ देखि सुरु हुने

पोखरा,
ताण्डव न्यूज ।

असोज १० गतेदेखि आयोजना हुने भनिएको ‘पाँचौ खुल्ला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिता’को मिति परिपर्वत भएको छ ।

मेरो नेपाल युवा क्लब पोखरा महानगरपालिका –१४ मझेरीपाटनले आयोजना गरेको प्रतियोगिताको मिति प्राविधिक कारणले परिवर्तन भएको आयोजक क्लब सूचना प्रकाशन गरि जानकारी दिएको छ ।

प्रतियोगिता कार्तिक ३ गतेदेखि सुरु हुने भएको छ ।प्रतियोगिताको मिति परिर्वतनबाट सहभागी टिम, प्रायोजक, खेलप्रेमीलगायत शुभचिन्तकमा पर्न गएको असुविधाप्रति आयोजक क्लबले सूचनामार्फत क्षमायाचना व्यक्त गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.