www.tandavnews.com
Fact ~ In search of truth

महेन्द्र र चमेरे गुफा फ्रि वाइफाई

पोखरा ।

प्रविधिसँग शहरलाई जोड्ने क्रमसँगै पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा निःशुल्क वाइफाइ सेवा शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने उक्त गुफा घुम्न आउने पर्यटकको सहजताका लागि वाइफाइ सुविधा राखिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिए।

विन्ध्यवासिनी माविको संरक्षण तथा स्वामित्वमा रहेका दुवै गुफामा सेवा शुरु गरेको उनले बताए । पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले वाइफाइ सेवाले गुफा क्षेत्रको थप प्रचार हुने र बढीभन्दा बढी पर्यटकका बीचमा पुग्न सकिने विश्वास व्यक्त गरे । उनले गुफाको गुरुयोजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै थप आर्कषण बढाउन सके पर्यटकको सङ्ख्यामा वृद्घि हुने धारणा राखे।

गुरुयोजना निर्माण उपसमितिका सल्लाहकार उदयबहादुर बस्नेतले पर्यटकीयस्थलमा प्रविधिको प्रयोग आवश्यक हुने बताए । प्रविधिमैत्री वातावरणले नै पर्यटकलाई आकर्षण गर्ने उनको भनाइ थियो । गुरुयोजना निर्माण उपसमितिका सल्लाहाकार सुशील वस्नेतले प्रविधिमार्फत गुफा क्षेत्रको प्रचारप्रसार हुने विश्वास व्यक्त गरे।

समितिले गुफा क्षेत्रको गतिविधिलाई व्यवस्थित र सुरक्षित बनाउन यसअघि नै सिसी क्यामेरा जडान गरिसकेको अप्रेशन म्यानेजर शिशिर पौडेलले जानकारी दिए । वाइफाइ सेवा शुरु भएसँगै अब गुफा घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकले तत्स्थानबाटै फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर गुफाको प्रचारप्रसार गर्न सक्ने उनको भनाइ थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.