www.tandavnews.com
Fact ~ In search of truth

उपनिर्वाचनको बारेमा पक्ष विपक्ष लिएर नबोल्न कास्की नेकपाको आग्रह

पोखरा ।  
अगामी मंसिर १४ मा हुने उपनिर्बाचनमा कास्की २ लाई निकै महत्वका साथ हेरिएको छ । कास्की २ प्रतिनिधी सभाको उपनिर्बाचन हुने एक मात्र क्षेत्र पनि हो । अर्काे कुरा कास्की २ यस कारणले पनि चर्चामा छ जहाँबाट रबिन्द्र अधिकारीले ह्याट्रीक गरेका थिए ।

उनको गत वर्षको फागुन १५ मा ताप्लेजुङमा भएको हेलीकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ खाली छ । कास्की २ मा चुनाब लड्न आउनेबारे निकै चर्चामा रहेका बामदेवले स्पष्ट रुपमै कास्कीकै नेतालाई चुनाबमा लड्न आग्रह गरेपछि नेकपा कास्कीमा तल्लो तहका नेताकार्यकर्ता बिच आफु पक्षको नेताले चुनाबमा टिकट पाउनुपर्ने दाबी गर्दै सामाजिक सञ्जाल तथा चोक चर्चा हुने थालेको छ ।

स्थानीय स्तरका नेताहरुले अनाबश्यक हल्ला गरेपनि नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले आफ्नो फेसबुकमा स्टाटस नै लेखेर पार्टीको निर्णय कुरेर बस्न आग्रह गरेका छन् ।

Batas

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘सम्पुर्ण नेता र कार्यकर्ता कमरेडहरुलाई अनुरोध गर्दछु । कास्कीको निर्वाचन बारे कुनै पनि नेताको पक्ष र विपक्ष मा आफ्नो बिचार नराखी मात्र पार्टीको आधिकारिक निर्णय पछ्याउनु हुनेछ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.