www.tandavnews.com
Fact ~ In search of truth

पोखराका १२ ठाउँमा बन्दैछन् १० देखि ४८ लाखका स्मार्ट शौचालय

बिनिता सुनार/ताण्डव न्यूज ।
पोखरा महानगरपालिकाले पोखराका विभिन्न ठाउँहरुमा सार्वजनिक शौचालयनिर्माण गर्ने भएको छ । पछिल्लो समय पोखरामा मानिसहरुको चाप चाप बढेसँगै महानगरले १२ वटा सार्वजनिकशौचालयनिर्माण गर्ने योजना बनाएको हो । अघिल्लो वर्ष १० स्थानमा स्मार्ट सार्वजनिक शौचालय बनाउने योजना सफल नभएपनि यस वर्ष भने जसरी बनाउने योजनामा महानगर रहेको छ । अघिल्लो वर्ष मापदण्डलाई कारण देखाउँदै १० ठाउँमा सार्वजनिक शौचालय बनाउने योजना तुहिएको थियो । यो वर्ष सबै समस्या सुल्झिएकोले १२ ठाउँमा शौचालय बनाउने तयारी सुरु भएको पोखरा महानगरपालिकाका इन्जिनियर धुव्र भट्टराईले जानकारी दिए

‘हामीले यो योजना अघिल्लो आर्थिक बर्षमा नै सुरु गरेका हौँ,’ इन्जिनियर भट्टराइले भने, ‘अघिल्लो वर्ष विभिन्न वडाहरुमा जग्गा विवाद र मापदण्डका समस्याहरु देखियो । तर, यो वर्ष सबै समस्या हल गरेर यो बर्ष सार्वजनिक शौचालय निर्माण गर्न महानगर अघि बढेको छ ।’ अब बन्ने सार्वजनिक शौचालयहरु अपांगमैत्री हुने उनको भनाई छ । ‘पोखराकाविभिन्न ठाउँमा निर्माण हुनलागेका सार्वजनिक शौचालयहरु पूर्ण रुपमा अपाङ्गमैत्री हुनेछ । सबैठाउँमा महिला, पुरुषको लागि छुट्टाछुट्टै शौचाल यसमेत निर्माण हुनेछ,’ भट्टराइले ताण्डव न्यूजसँग भने ।

इन्जिनियर भट्टराइका अनुसार पोखराको वडा १ मा हरिचोक, वडा ६ मा हल्लनचोक, वडा ७ मा मालपोत कार्यालय, वडा १७ मा डेभिजफल र दोबिल्ला, वडा १८ मा न्याउरिङ पहरा नजिकै, वडा १९ मा पुरनचौर र वडा कार्यालय, वडा २६ मा राखि डाँडा, वडा २८ मा रत्नशोभा उच्चमाविमा सार्वजनिक शौचालय निर्माण हुने योजना रहेको छ ।
महानगरकाअनुसार वडा ७ मालपोत कार्यालय र वडा २६ को राखिडाँडामा सार्वजनिकशौचालयनिर्माण भइसकेका छन् । विभिन्न स्थानहरुमा निर्माण हुने शौचालय १० लाख देखि ४८ लाख सम्मको लागतमा निर्माण हुनेछ ।

अझै कार्यान्वयन भएन प्रदेश सरकारको निर्णय

Batas

गण्डकी प्रदेश सरकारले प्रदेशका सबै नगरपालिकामा शौचालय बनाउने निर्णय गरेको एक वर्ष भइसक्यो । शौचालय निर्माणका अघिल्लो वर्षको कात्तिकमा बसेको मन्त्रीपरिषद् बैठकले कार्यविधि पारित गरेको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयले हरेक नगरपालिकामा शौचालय बनाउन १० लाख रुपैयाँ छुट्याएको छ । ६० प्रतिशत प्रदेश सरकारले र बाँकी ४० प्रतिशत रकम सम्बन्धित नगरपालिकाले ब्यहोर्ने गरी निर्णय भएको थियो । एक वर्ष अघि नै निर्णय भएपनि देशकै ठुलो महानगर समेत रहेको पोखराले बल्ल प्रक्रिया अघि बढाएको छ । गण्डकीको पोखरा महानगरबाहेकका नगरपालिकाहरुको पनि हालत उस्तै छ ।

नगरपालिका र मन्त्रालयको गरि एउटा शौचालयमा १६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ खर्च हुनेछ । यसमा ६ लाख ६६ हजार रुपैयाँ नगरपालिकाको भागमा पर्छ । प्रति शौचालयमा मन्त्रालयले १० लाख छुट्याएको छ । यो दरले मन्त्रालयले २६ नगरपालिकामा शौचालय बनाउन २ करोड ६० लाख रुपैयाँ खर्च हुनेछ ।

नगरपालिकाले भने ४० प्रतिशतको दरले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँको दरले १ करोड ७३ लाख ३३ हजार रुपैयाँ खर्च गर्नेछन् । मन्त्रालय र नगरपालिकाको गरि कुल २६ वटा शौचालयमा ३ करोड ३३ लाख रुपैयाँ बजेट खर्च हुनेछ । मन्त्रालयले पोखरा महानगरपालिकासँग ६०÷४० को लगानीमा स्मार्ट शौचालय बनाउनेछ । स्मार्ट शौचालयमा मन्त्रालयको ६० प्रतिशतका दरले ५० लाख र महानगरको ४० प्रतिशत रकम ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहित कुल ८३ लाख ३३ हजार रुपैयाँको लगानी हुने जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.