www.tandavnews.com
Fact ~ In search of truth

दोस्रो संस्करणको पीपीएल कार्तिक अन्तिम साताबाट हुने

पोखरा । 

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) कार्तिक अन्तिम साताबाट सुरु हुने भएको छ । आयोजक क्वीन्स इभेन्ट मेनेजमेन्टले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पीएपीएल कार्तिक २६ देखि मंसिर ७ गतेसम्म आयोजना हुने गरी मिति घोषणा गरेको हो ।

प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजना हुनेछ । ‘पहिलो संस्करणको सफलताले दोस्रो संस्करण आयोजना गर्न प्रेरणा मिलेको छ,’ क्वीन्स इभेन्ट मेनेजमेन्टका कार्यकारी निर्देशक छुम्बी लामाले हस्ताक्षेर गरेको विज्ञप्तिमा उल्लेख छ ।

Batas

यतिबेला राष्ट्रिय क्रिकेट टोलीका ३५ जना खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको बन्द प्रशिक्षणमा रहेका छन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई फ्रेन्चाईज लिग खेल्नका लागि खुला गर्ने वा नगर्नेबारे मुख्य प्रशिक्षक र कप्तानसँग छलफल भइरहेको कार्यकारी निर्देशक लामाले बताएका छन् ।

लामाले अहिले पोखरा क्रिकेट मैदानको मर्मत कार्य भइरहेको बताएका छन् । सागमा महिला क्रिकेट पोखरामा हुने बताइएको छ भने अहिले मैदान निर्माणको काम भइरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.