काठमाडौं ।
कृषि विकास बैंकको सिस्टम ह्याक गरी ३ करोड बढी रकम चोरी भएको छ । प्रहरीले बैंक सिस्टम ह्याक गरि पैसा लुटेको अरोपमा १० जनालाई पक्राउ गरेको छ।
गएराति उनीहरुलाई काठमाडौँसहित देशका विभिन्न भागबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ लगायत रहेका छन्।
कृषि विकास बैंकको विभिन्न शाखामार्फत रकम ट्रान्सफर गरेर केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएको प्रहरीले जनाएको छ। तर, कसरी निकालियो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन।
प्रहरी स्रोतकाअनुसार ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको हो।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.