www.tandavnews.com
Fact ~ In search of truth

नदिपुरमा तेस्रो क्लब स्तरिय भलिबल प्रतियोगिता शुरु

सुशान्त गाहा मगर,

पोखरा/ताण्डव न्यूज।

पोखराको नदिपुर स्थित छन्त्याल समाजको प्राङ्गणमा तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।

Batas

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा आगामी ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आज (बुधबार) देखी “स्वास्थ्यका लागि खेलकुद, खेलाडी राष्ट्रको गौरव” भन्ने नारा सहित शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा छन्त्याल युवा क्लब म्याग्दी चोकले पोखरा भलिबल प्रशिक्षण केन्द्र निलोलाई २५–१९, १९–२५ र २५–१९ को सेटले पराजित गर्याे ।त्यस्तै दोस्रो खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र पहेलोले १९–२५, २५–१२ र २५–२२ को सेटले कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्र रातोलाई पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गर्याे ।

यस अधि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै गुरुङले खेलकुद बिकासका लागि उक्त प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताए । मौका नपाएका खेलाडीहरुको लागि उक्त प्रतियोगिता राम्रो अवसर बन्न सक्ने उल्लेख गर्दै गुरुङले सम्पुर्ण खेलाडीलाइ सफलताको शुभकामना ब्यक्त गरे ।

खेलकुदले शरिर स्वस्थ्य राख्न महत्वपुर्ण भुमिका खेल्ने बताउँदै उनले मर्यादित र अनुशासित भएर खेल खेल्नुपर्नेमा जोड दिए । उनले खेलाडीहरुको सेवा सुबिधाका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउँदै आफ्नो तर्फबाट सदैब पहलकदमी थाल्ने बताए ।

प्रतियोगिताका खेल संयोजक तथा राष्ट्रिय रेफ्री अनिल गुरुङले क्लब स्तरिय परुष भलिबल तर्फ १८, महिला तर्फ ८ र भेट्रान्स तर्फ ७ टिमको सहभागिता रहेको बताए ।गुरुङले उक्त प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरिने बताए ।

उनका अनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ३५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ भने महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २० र १३ हजार प्रदान गरिनेछ ।

त्यस्तै भेट्रान्स तर्फको बिजेता र उपबिजेता बन्ने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित खसी प्राप्त गर्नेछ ।संयोजक गुरुङले प्रतियोगितामा बिद्यागत रुपमा पुरस्कारको व्यवस्था गरिएको बताउँदै प्रतियोगिता अवधिभर बिबिध साँस्कृतिक कार्यक्रमहरु समेत समाबेश गरिएको जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.