www.tandavnews.com
Fact ~ In search of truth

वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप’ को तयारी पूरा

पोखरा ,
ताण्डव न्यूज।

पोखराको सभागृहमा आउदो शनिबार (११ गते) आयोजना हुने ‘वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

गोर्खा क्लासिक नेपालले आयोजना गर्ने पहिलो संस्करणको ‘वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप’ को सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष कुमार गुरुङले जानकारी दिए ।

उनका अनुसार दिउँसो १ बजे देखी कार्यक्रम सुरु हुनेछ । शारीरिक सुगठन खेल प्रति महिलाहरुलाई प्रबेश गराउन र व्यवसायिक बनाउने लक्ष्य सहित च्याम्पियनसिपको आयोजना गरेको बताए । उनले बिक्नी र फिजिक गरी दुई बिद्यामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताए ।

उनका अनुसार फिजिक तर्फको बिजेताले नगद २ लाख प्राप्त गर्नेछ भने उपबिजेता र सान्त्वना स्थान हाँसिल गर्ने खेलाडीले क्रमश १ लाख ५ हजार र ८० हजार हात पार्नेछ ।त्यस्तै बिकिनी तर्फको बिजेता खेलाडीलाई ८० हजार प्रदान गरिने गुरुङले बताए । उनका अनुसार उपबिजेता खेलाडीलाई ६० हजार र सान्त्वना बन्न सफल खेलाडीलाई ५० हजार प्रदान गरिनेछ ।

उक्त प्रतियोगितामा एउटा खेलाडीले एक बिद्यामा मात्र भाग लिन पाउने बताउदै उपाधिका लागि तिन चरण पार गर्नुपर्ने उनले बताए ।गोर्खा क्लासिक नेपालका सचिव भरत गुरुङले प्रतियोगितामा खेलाडीहरुको उचाईको आधारमा सहभागि गराईने बताए ।

गुरुङले देशभरबाट अहिलेसम्म १५ बढि खेलाडीले नाम दर्ता गरिसकेको बताए । कार्यक्रममा आईएफबीबी प्रो बिनिता राईको बिशेष प्रस्तुति रहने र जुम्बा तथा टिकटक शो समेत समाबेश गरिएको आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.