www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकलाई भगवान मानेर सत्कार गर्नुपर्छः प्रदेश १

झापा ।

प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले झापाको काँकडभिट्टामा प्रदेश नं १ को पर्यटन कार्यालयले ४०औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटकलाई भगवान्को रुप सम्झेर न्यानो स्वागत र सत्कार गर्नुपर्ने बताएका छन् ।

पर्यटन वर्ष २०२० लाई सफल बनाउन र देशको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटकीय विकास प्रति जागरण आउनुपर्ने उनको धारणा थियो ।कार्यक्रममा आज पूर्वी नाका काँकडभिट्टाबाट प्रवेश गर्ने पहिलो पर्यटक ब्राजिलका गिल्हेम टग्नोजलाई नेपाली ढाकाटोपी पहिर्याएर सम्मान गरिएको थियो । उनलाई काँकडभिट्टाको पूर्वी ढोकाबाट पर्यटन कार्यालयसम्म नौमतीबाजा बजाएर स्वागत गर्दै ल्याइएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.