www.tandavnews.com
Fact ~ In search of truth

पुरुष तथा महिलाको सेमिफाईनल र भेट्रान्स तर्फको फाईनल खेल आज

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा जारी तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगितामा भेट्रान्स तर्फ पृथ्वीचोक भेट्रान्स र रामबाजार भेट्रान्स उपाधि नजिक पुगेको छ ।

छन्त्याल समाजको खेलमैदानमा शुक्रबार सम्पन्न भेट्रान्स तर्फको पहिलो सेमिफाईनल खेलमा पृथ्वीचोकले अर्चलबोटलाई २५–१७ र २५–१८ को सोझो सेटले पराजित गर्दै फाईनलमा प्रबेश गरेको हो भने अर्काे खेलमा रामबाजरले २५–१६, २१–२५ र २५–२१ को सेटले हराउदै उपाधि नजिक पुगेको हो ।

त्यस्तै महिला तर्फको क्वाटरफाईनल खेलमा टिजी गर्लले २५–१४ र २५–२१ को सोझो सेटले छोरेपाटनलाई हराउदै अन्तिम चारमा स्थान सुरक्षित बनायो ।अर्काे क्वाटरफाईनल खेलमा लालीगुँरास पुन समाज लामाचौरले २५–१४, १२–२५ र २५–२६ को सोझो सेटले हराउदै सेमिफाईनलमा प्रबेश गर्याे ।

भने दोबा समाजले २५–५ र २५–१० को सोझो सेटले होटल सुसीलाई पराजित गर्दै सेमिफाईनलको यात्रा तय गर्याे ।यस अघि पुरुष तर्फ आयोजक रातो, सहारा क्लब बाग्लुङ, पर्बत भलिबल सँघ र मार्बल ईन्टरप्राईजेज बिरौटा सेमिफाईनलमा प्रबेश गरिसकेको प्रतियोगिता संयोजक तथा राष्ट्रिय भलिबल रेफ्री अनिल गुरुङले बताए ।

उनका अुनसार पुरुष तथा महिला तर्फको सेमिफाईन र भेट्रान्स तर्फको फाईनल खेल आज (शनिबार) सञ्चालन गरिनेछ भने पुरुष तथा महिला तर्फको फाईनल खेल आईतबार सम्पन्न हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.