www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बाराही टाउनको डेंगु सचेतना कार्यक्रम सम्पन्न

पोखरा ।

 

लायन्स क्लब अफ पोखरा बाराही टाउन साथै तमु धिं महिला केन्द्रीय कमिटी को संयुक्त आयोजनामा सञ्चालन भइरहेको डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

साथै बिजया दशमी को उपलक्ष्यमा शुभ कामना आदन प्रदान कार्यक्रम पनि सकिएको छ । कार्यक्रममा 325 बी वान डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन बिनोद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।

Batas

लायन्स कलब अफ बाराही टाउनकी अध्यक्ष कृष्ण श्रेष्ठ ( रोजि ), महानगर पालिका सुवास्थ्य बिभाग कास्कीका जनस्वास्थ्य प्रशिक्षक फुल्देभ तिमिल्सिनाको उपस्थिती रहेको थियो । तमु धिको केन्द्रिय हल नयाँ बजारमा सम्पन्न उक्त कार्यक्रममा ६० सदस्यको उपस्थिती रहेको थियो ।

एन्सोभा गुरुङ र गङ्गा शर्माको संयोजकतामा भएको कार्यक्रमको एन्सोभा गुरुङले सञ्चालन गरेकि थिइन् ।लायन्स क्लब अफ पोखरा बाराही टाउनले केही दिन अघि नजिकिदैँ गरेको दशैंको अवसरमा छोरेपाटनमा निशुल्क कपडा वितरण गरेको थियो । जसबाट १ सय ५० घर लाभान्वित भएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.