www.tandavnews.com
Fact ~ In search of truth

चिलाउनेखर्क होमस्टेमा नवनिर्मित पर्यटक स्वागत गृह समितिलाई हस्तान्तरण

पाेखरा । 

पोखरा महानगरपालिका वडा नम्बर २१ चिलाउनेखर्कमा रहेको चिलाउनेखर्क सामुदायिक होमस्टेमा नवनिर्मित पर्यटक स्वागत गृह समितिलाई हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेश सभाका सदस्य कृष्णबहादुर थापाले उद्घाटन तथा सार्वजनिक शौचालय सामुदायिक होमस्टे समितिलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै सांसद थापाले होमस्टेबाट संस्कृति जोगाउन गरेको कदम प्रशंसनिय रहेको र आफुले पनि सकेको सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गरे । बजारको कोलाहलबाट आनन्द लिन यस अति सुन्दर रहेको बताउए । पछिल्लो समय प्रदेश पर्यटन मन्त्रालयले पनि होमस्टेलाई विशेष महत्त्व दिएको र प्रदेश सरकारले होमस्टे संचालनमा गर्ने लगानीलाई विशेष पहल गरि चिलाउनेखर्क सामुदायिक होमस्टेलाई योजना पारेको कुरा जानकारी गराए।

Batas

निर्वाचनमा मत मागिरहँदा गरेका वचन पूरा गरेको र विकासको कुरामा अवरोध गर्ने कसैसँग पनि सम्झौता नगर्ने र विकास गर्ने कुरामा सबैजना एकजुट भएर लाग्नुपर्ने सांसद थापाको धारणा थियो ।

जिल्ला समन्वय समितिकी सदस्य तथा वडा सदस्य सीता विश्वकर्माले स्वर्गीय पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाइ सम्झिदै उनले गरेको सहयोग भुल्न नसक्ने र प्रदेश सभाका सदस्य कृष्णबहादुर थापालाई आफुले चुनावको बेला वडा नम्बर २१ मा गरेका बाचाहरु पूरा गरेको भन्दै धन्यवाद व्यक्त गरिन्।

कार्यक्रममा पोखरा २१ का वडा खगराज आचार्यले बाहिरबाट सामान आयात नगरी होमस्टे समितिलाई स्थानीय उत्पादन जोड्न अनुरोध गरे। उत्तरको प्रकृति, दक्षिणको संस्कृति हेर्न पाइने हुँदा पनि वडा नम्बर २१ लाई पर्यटन हब बनाउन पर्ने कुरा व्यक्त गरे ।

होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर थापाले सम्पूर्ण सहयोगि हातहरुलाइ धन्यवाद व्यक्त गर्दै आ(आफ्नो ठाउँबाट सहयोग गरि यो प्रदेशकै नमुना होमस्टे बनाउन लाग्नु पर्ने र आफ्नो पनि बनाउने चाहना रहेको कुरा व्यक्त गरे ।

मगर सामुदायद्वारा संचालित होमस्टेमा मगर समुदायको संस्कृति झल्काउने भेषभुषा, मगर नृत्य, मगर समुदायमा हुने खानाका स्थानीय परिकार आदि विशेष रहेको चिलाउनेखर्कमा रहेको चिलाउनेखर्क सामुदायिक होमस्टे समितिका सदस्य भाइराज रानाले बताए ।

कार्यक्रमको संचालन होमस्टे संचालन समितिका सदस्य विलास रानाले गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.