www.tandavnews.com
Fact ~ In search of truth

वुमेन्स फिजिक एण्ड बिकिनी च्याम्पियनसिपको उपाधि सुजिता र रुपालाई

पोखरा ।

पोखरामा सम्पन्न प्रथम ‘वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९’ को उपाधि काठमाण्डौंकी सुजिता मानन्धर र ललितपुरकी रुपा केसीले जितेकी छिन ।

गोर्खाज क्लासीकको आयोजनामा हिजो (शनिबार) सम्पन्न प्रतियोगिताबाट फिजिक तर्फ सुजिता मानन्धर र बिकिनी तर्फ रुपा केसीले उपाधि जितेकी हुन ।उपाधिसँगै मानन्धरले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद २ लाख प्राप्त गरे भने बिकिनी तर्फ बिजेता बनेका केसीले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद ८० हजार रुपैयाँ हात पारिन ।

Batas

फिजिक तर्फ दोस्रो बनेकी काठमाण्डौं केज टोटल फिटनेककी रोजी लामाले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख ५ हजार रुपैयाँ प्राप्त गरिन भने तेस्रो बनेका फिटनेस स्पटकी सनम मुलगुठीलाई मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद ८० हजार रुपैयाँ प्रदान गरेको गोर्खाज क्लासीकका अध्यक्ष कुमार गुरुङले बताए । त्यसैगरी प्रतियोगिताबाट पावर जिम पोखराकी कमला थापा चौथो र वेभ फिजिकल फिट्नेस भक्तपुरकी जस्मिन लामा पाँचौ बनिन् । उनीहरुले मेडल र प्रमाणपत्र प्राप्त गरिन ।

अध्यक्ष गुरुङले बिकिनी तर्फ उपबिजेता बनेकी सपना गुरुङलाई मेडल, ट्रफी, प्रमाणपत्र सहित ६० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गरेकी याङदोङ लामालाई मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्रदान गरेको बताए । उनका अनुसार प्रतियोगिताबाट अञ्जली थापा र श्रुती कार्की क्रमश चौथो र पाँचौ बन्दै मेडल र प्रमाणपत्र प्राप्त गरिन ।

प्रतियोगितामा बिकिनी तर्फ १० र फिजिक तर्फ १० गरी कुल २० खेलाडीको सहभागिता रहेको गुरुङले बताए ।प्रतियोगिताको दुवैबिद्या तर्फ मुख्य निर्णायकको रुपमा गोबिन्द्र चित्रकार र सहायक निर्णायकको रुपमा निर्मला महर्जन, नारायण प्रधान, नानीकाजी डंगोल, शिब ध्वज राई, केशव शाक्य र उत्तम उदास रहेका थिए ।

बिजेता तथा उपबिजेता बनेका खेलाडीहरुलाई नेपाली काङ्गे्रस केन्द्रीय नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका केन्द्रीय सदस्य एवम् नेत्री सरस्वती गुरुङ, अन्नपूर्ण केवलकार प्रालिका निर्देशक तिर्थराज त्रिपाठी तथा आयोजक संस्थाका अध्यक्ष कुमार गुरुङ लगायतले पुरस्कार बितरण गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी समेत रहेकी महिला नेत्री गुरुङले प्रतियोगिताले महिलामा अन्तरनिहित क्षमता प्रस्फुटनमा महत्व्पूर्ण भुमिका खेल्ने बताईन । उनले महिला जागरणको निम्ती शारीरिक सुगठन प्रतियोगिताले बिशेष भुमिका खेल्ने बताउदै अन्य संघसंस्थाले समेत प्रतियोगिता आयोजना गर्न आवश्यक रहेको उल्लेख गरिन ।

उनले बिकिनी तथा फिजिक च्याम्पियनसिप आगामी बर्षमा समेत आयोजना गर्नुपर्नेमा जोड दिदै उनले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिईन ।प्रतियोगितमा सेप अप जुम्बा फिटनेसको तर्फबाट जुम्बा र आई.एफ.बी.बी प्रोकार्ड बिजेता बनिता राई लगायतले प्रस्तुती राखेका थिए ।

गोर्खाज क्लासीकका अध्यक्ष कुमार गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.