www.tandavnews.com
Fact ~ In search of truth

विन्ध्यवासिनी मन्दिरमा शोभायात्रा सहित ‘नवदुर्गा महोत्सब’ शुरु (फोटो फिचर सहित)

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशकै ठुलो शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा शोभायात्रा सहित नवदुर्गा महोत्सब–२०७६ शुरु भएको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समितिको अयोजनामा वडा दशैंको स्वागतार्थ शोभायात्रा सहित आज (आईतबार) घटस्थापना पुजा गरी महोत्सब शुरु गरिएको हो ।समितिका सचिब तीर्थ श्रेष्ठले नवकन्या आरुढ नौ रथ सहितको शोभायात्रा सहित पुजा गरि वडा दशैको स्वागत गरेको बताए ।

Batas

उनले उक्त शोयायात्रामा नवकन्या आरुढ नौ रथ सहित बिन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलश सहित मातृशक्ति, बिभिन्न आमा समुहहरु, सामाजिक धार्मिक तथा जातिय साँस्कृतिक बैंक तथा बित्तिय संस्थाहरु, शैक्षिक संस्थाहरु, भजन समुहहरु र वाणिज्य तथा बस्तुगत सँघहरुको उल्लेख्य सहभागिता रहेको बताए । उनका अुनसार महोत्सब नवमीसम्म सञ्चालन हुनेछ ।

श्रेष्ठले महोत्सब अवधिभर रात्रिकालिन आरती समेत गरिने बताउँदै युवा पण्डित नारायण देवकोटाले संगीतमय झाँकी सहित श्रीमद्देवी भागवतको कथा प्रस्तुत गर्ने बताए । श्रेष्ठका अनुसार प्रत्येक दिन बिहान ९ देखी १२ बजे सम्म र मध्यान्नदेखी अपरान्ह ४ बजे सम्म महायज्ञ हुनेछ ।

उनले बिजयादशमीको दिन बिहान ४ बजेदेखी नित्य पूजा आरम्भ भई ५ बजेबाट भक्तजनहरुका लागि खुला गरिने बताए । त्यसपश्चात वाल गोपाल भजन मण्डल तथा बिन्ध्यबासिनी महिला भजन समुहबाट भजन कीर्तन हुने आयोजकले जनाएको छ ।

तस्बिर :सुशान्त गाहा मगर

 

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.