www.tandavnews.com
Fact ~ In search of truth

दिदी बहिनी बचाऊ कास्की नेपालको अध्यक्षमा कृष्णा कुमारी पहारी

पोखरा ।

दिदी बहिनी बचाऊ, कास्की नेपालको १५ औं साधारण सभा एवम् पाँचौ अधिवेशन् सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनले नयाँ कार्यसमितीको गठन गरेको छ । अध्यक्ष कृष्णा कुमारी पहारी, उपाध्यक्ष दुर्गा ढकाल, कोषाध्यक्ष आशा गौतम, सचिव निमा गुरुङ सह–सचिव अनिला श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा वरिष्ठ निवर्तमान अध्यक्ष बिजया लक्ष्मी कोईराला, डा.माया लामा, बिजया कुमारी आचार्य, देव कुमारी हिराचन चयन भएका छन् ।

Batas

कार्यक्रममा वडा न. ७ अध्यक्ष प्रमुख अतिथी रामचन्द्र बराल, गैर सरकारी संस्था महासंघ कास्कीको अध्यक्ष पदम पहारी, स्टेप बाई स्टेपको प्रिन्सीपल निर्मला बराल, बालगृह महासंघ नेपालको महासचिव बिजय कुमार प्रधान, बालगृह महासंघ नेपालको उपाध्यक्ष गोमा ढकाल, बालगृह संजाल कास्कीको अध्यक्ष मोहन त्रिपाठी र संस्थाको डोनर रिप्रेजेन्टेटिभ रेमण्ड लिन्डिंगर बोलेका थिए ।

साथै संस्थाले १० बर्ष कार्यकाल पुरा गरिएका ४ जना कर्मचारी र ३ जना आमाहरुलाई पनि सम्मान गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.