www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे बैंक कर्मचारी संघमा विकास श्रेष्ठको नेतृत्व

पोखरा ।

माछापुच्छ्रे बैंक कर्मचारी संघ केन्द्रीय कार्यसमितिमा विकास श्रेष्ठ चयन भएका छन् । शनिवार सम्पन्न दोस्रो महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा वंशिधर घिमिरे, उपाध्यक्षमा शैलेश रायमाझी, गणेशराज जोशी, महासचिवमा विनोदनिधि तिवारी, सचिवमा दीपक श्रेष्ठ, सचिवमा तलाश श्रेष्ठ, सचिवमा दिपेश मैनाली, कोषाध्यक्षमा संगीता कुँवर, सह कोषाध्यक्षमा विनम खड्का रहेका छन् ।

Batas

सदस्यहरुमा मञ्जु सापकोटा, प्रेमबहादुर भण्डारी, करुण गौतम, धनराज श्रेष्ठ, सुमित्रा पौडेल, प्रिनुज सिग्देल, जगन्नाथ सिग्देल छन् ।
महाधिवेशनले प्रदेश संयोजक समेत चयन गरेको छ । प्रदेश नं. १ को संयोजकमा मनोज चौहान, प्रदेश नंं २मा मनिकलाल महतो, प्रदेश नं. ३ मा सञ्जय रानामगर, गण्डकी प्रदेशमा ज्योति अधिकारी, प्रदेश नं. ५मा लक्ष्मण रायमाझी, प्रदेश नं. ६ र ७ को संयोजकमा जयप्रसाद पाठक चयन भए ।

माछापुच्छ्रे बैंक कर्मचारी संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ज्योति अधिकारीले स्वागत र सञ्चालन रोशन पाठकले गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.