www.tandavnews.com
Fact ~ In search of truth

घाचोकमा खुल्ला रक्तदान, ३० युनिट रगत संकलन

पोखरा।

घाचोकमा बडा दशैंको अवसरमा रक्तदान कार्यक्रम सप्पन्न भएको छ । न्यू सनराइज युवा क्लब घाचोकले बिगतका बर्षहरु झैँ यस वर्ष आज घटस्थापनाको दिनमा बृहत् खुल्ला रक्तदान कार्यक्रम सप्पन्न गरेको हो ।

चौथो चरणको रक्तदानमा पहिलो रक्तदाता युवा समाजसेवी पान बहादुर जि.सिलाई ब्ल्ड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । उक्त रक्तदानबाट ३० युनिट रगत संकलन भएको जनाइएको छ ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका प्रमुख कण बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

गाउँपालिका प्रमुख गुरुङले समेत कार्यक्रममा रक्तदान गरेका थिए।क्लबका अध्यक्ष सुशील जङ्ग जि सि को अध्यक्षतामा भएको रक्तदानमा नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रम संयोजक रुद्र बहादुर रानाभाटले कार्यक्रमको सञ्चालन गरेका थिए । ग्रामीण भेगमा रक्तदान सम्बन्धि ज्ञान तथा सचेतना प्रदान एवम् रक्त अभावलाई मध्यनजर गरि युवा क्लबले बिगत ३ बर्ष देखि निरन्तर घटस्थापनाको दिनमा रक्तदान गर्दै आइरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.